चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय  मीन बहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

 

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो ।  दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार