
रानि पाल , लाहन ,३
पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९८३ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा ८६२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा २८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ५५ हजार २४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ५६९ जना सक्रिय सङ्क्रमित छन् ।
प्रतिक्रिया