उत्तर कोरियाको १८० लडाकू विमान हावामा, दक्षिण कोरियाले उठायो यस्तो कदम

दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमामा पछिल्लो ४ घण्टामा १८० वटा लडाकु विमान हावामा देखेको दाबी गरेको छ । दक्षिण कोरियाको सेनाले स्थितिसँग जुध्न आफ्ना लडाकु विमानहरू तैनाथ गर्न थालेको जनाएको छ ।

 

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सेनाले एक विज्ञप्तिमा उत्तर कोरियाली विमान सीमाको २० किलोमिटर भित्र गइरहेको बताएको छ । जवाफमा, ८० दक्षिण कोरियाली विमानहरू तैनाथ गरिएको थियो । सेनाले बताए अनुसार उनका करिब २४० विमानले अमेरिकासँग युद्ध अभ्यासमा भाग लिएको छ ।

 

गत महिना पनि दक्षिण कोरियाले सीमा नजिकै उत्तर कोरियाका दशवटा विमान उडेको देखेपछि आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । बिबीसी

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार