निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भाेट माग्दै हिड्नु हुँदैन् । यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूकाे मतकाे सही प्रयाेग गर्नु पर्छ । तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्ताे अवस्था छैन । यहाँका कर्मचारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्ति नै आफूअनुकुलकाे उम्मेदवार जिताउन अग्रमाेर्चामा कुदिरहेका छन् ।
डा. रञ्जित झा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् । उनी अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन रातदिन निर्वाचन क्षेत्रमा खटिरहेकाे भेटिन्छ । उनलाई कार्यालयमा भन्दा पनि अचेल सप्तरी क्षेत्र नम्बर २ तिर प्रचार प्रसार गरिरहेकाे भेटिने स्थानीयको भनाई छ ।
यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा पनि डा. झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए झै गरेकाे प्रष्ट देखिन्छ ।
डा. झाकी दिदी रञ्जु ठाकुर पनि जसपाबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार छिन् । नेपाल सरकारको तलब खाने डा. झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्टमार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको विपरीत रहेकाे स्थानीयकाे भनाइ छ ।
यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोजकुमार यादवले खुल्लेआम यादवको प्रचारमा लागेपछि उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।
प्रतिक्रिया