राजनितिक दल र प्रशासन बीच संवाद, आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

१८ कार्तिक, दैलेख । दैलेखमा शान्तिपुणर् निर्वाचन सम्पन्न गर्न राजनितिक दल, उम्मेद्वार तथा आमनागरिकको भुमिका सम्बन्धी अन्तरक्रिया भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा चामुण्डाविन्द्रासैनी नगरपालिका ६ स्थित नगरकार्यपालिकाको सभाहलमा उक्त कार्यक्रम गरिएको हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाकी उपप्रमुख मनसरा कुमारी शर्माको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख गणेश कुमार शाही प्रमुख आथित्यतामा वडा नं. ५, ६ र ८ का वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधी, पत्रकार लगायत ८० जनाको उपस्थितमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपुणर् निर्वाचन सम्पन्नमा उनीहरुको भूमिका बारे छलफल गरिएको जिल्ला प्रहरी दैलेखले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार