
टी ट्वेन्टी विश्वकपमा समूह १ को समीकरण रोचक भएको छ। आयोजक राष्ट्र तथा साविक विजेता अष्ट्रेलिया सेमिफाइनल दौडमा निकै पछाडि परेको छ।
आज इङ्ग्ल्याण्ड हारे मात्र ऊ सेमिफाइनलमा पुग्नसक्छ। जितेमा रनरेटका आधारमा इङ्गल्याण्ड स्वतः सेमिफाइनलमा पुग्नेछ।
आज इङ्ग्ल्याण्डले श्रीलङ्काको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल दिउँसो १:४५ बाट सुरु हुनेछ।
इङ्ग्ल्याण्डका लागि यो प्रतियोगिता त्यति सुखद् भने भएको छैन। उसले आयरल्याण्ड जस्तो तुलनात्मकरूपमा कमजोरी टोलीसँग हार व्यहोर्यो। यता समूहकै बलियो टोली न्युजिल्याण्डलाई भने हरायो।
यस्तै श्रीलङ्का सेमिफाइनल दौडबाट बाहिर भइसकेको टोली हो। उसको अंक तालिकामा ४ अंक छ। आजको खेल जिते पनि उसले ६ अंक मात्र प्राप्त गर्नसक्छ। समूहका दुई टोली न्युजिल्याण्ड र अष्ट्रेलियाले ७ अंक पाइसकेका छन्।
त्यसैले श्रीलङ्का आज दबाबमा नआई खेल्दैछ। त्यसमाथि केही महिनाअघि एसिया कप विजेता टोली श्रीलङ्कालाई कमजोर आँक्न पनि इङ्गल्याण्डलाई छुट छैन।
प्रतिक्रिया