मिस अर्थमा खुलेकी सरिशा

मिस अर्थमा मिस नेपाल सरिशा श्रेष्ठले आफ्नो प्रस्तुति पेस गरेकी छन् । १ मिनेटको भिडियोमा उनी  उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् ।

 

फिलिपिन्सको मनिलामा भर्चुअल माध्यमबाट मिस अर्थ सुरु भएको छ । शनिबार बेलुका यसमा नेसनल कस्ट्युम प्रतिस्पर्धा थियो । जसमा प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय पहिचान दिने पहिरनसहितको भर्चुअल प्रस्तुति दिए ।

 

प्रतिस्पर्धामा सहभागी नेपालकी मिस नेपाल श्रेष्ठले जल, जंगल र चराचुरुगी प्रस्तुत गरेकी छन् । उनले काँडे भ्याकुरलाई पनि देखाएकी छन् । काँडे भ्याकुर संकटापन्न अवस्थामा पुगेको चरा हो ।

 

 

 

काठमाडौंको सभ्यता सुरु भएको स्थान मानिन्छ, चोभार । उनले यही ऐतिहासिक स्थल पुगेर भिडियो र फोटो सुट गरेकी छन् । जसमा उनी निकै हट अवतारमा देखिएकी छन् ।

 

फिलिपिन्समा जारी मिस अर्थमा विभिन्न देशसँगै नेपालकी मिस नेपाल श्रेष्ठ पनि सहभागी छिन् ।  यसको फिनाले नोभेम्बर १९ मा हुँदैछ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार