तान्जानियामा अवतरणको क्रममा विमान दुर्घटनाहुँदा १९ जनाको मृत्यु, २६ जना अस्पताल भर्ना

तान्जानियाको बुकोबा विमानस्थलमा अवतरण गराउने क्रममा एक यात्रुवाहक विमान लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने २६ जनालाई अस्पताल भर्ना गरिएको छ ।

 

प्रेसिजन एयरको उक्त विमानमा कूल ४३ जना सवार थिए । विमानका दुई पाइलट भने दुर्घटनापश्चात पनि सकुशल रहे पनि पछि मृत्यु भएको हुन सक्ने तान्जानियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

उद्धारकर्ता र स्थानीयहरू दुर्घटनामा परेका मानिसहरूको उद्धार कार्यमा खटिएका छन् । विमानस्थलमा अवतरणका लागि झर्दै गर्दा विमान पानीमा डुबेको देखेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

 

दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ । उक्त ताल बुकोबा विमानस्थलबाट धेरै नजिक रहेको अफ्रिकाको सबैभन्दा ठूलो तालसमेत हो । राष्ट्रपति सामिया सुलुहु हसनले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् । एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार