प्रचण्डपत्नी सिताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यस्थिति जटिल बनेको छ ।

 

केही दिन अघि स्वास्थ्यमा सुधार भएर अस्पतालबाट घर लगिएकी दाहालको अवस्था पुन जटिल बनेको हो । सितालाई पुन अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।

 

सिता दाहाल लामो समयदेखि जटिल प्रकारको रोगसँग लडिरहेकी छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार