केशवराज ज्ञवाली
गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार पुष्पा भुसालले राष्ट्रिय ढुकुटीमा भ्रष्टाचार गर्ने छुट कसैलाइ नभएको बताएकी छन । उम्मेद्बार भुसालले सन्धिखर्कमा आयोजित मतदाता भेटघाट कार्यक्रम संबोधन गर्दै एस्तो बताएकी हुन ।
उनले टोपबहादुर रायमाझिले निरन्तर १५ बर्ष देखि अर्घाखाँचीमा भ्रष्टाचार र बेथितिको राजनिती गरिरहेको आरोप लगाएकी छन । टोपबहादुरले जिल्लामा ६ अर्ब भित्राए भन्दै हिड्नेहरुले त्यो पैसा कहाँ खर्च भयो भन्ने पनि बताउनुपर्ने भन्दै भुसालले राज्यको ढुकुटीबाट एमालेले कार्यकर्ता पोषेको आरोप लगाइन ।
१५ बर्ष रायमाझी सांसद हुदा ल्याएको संसद बिकास कोषको बार्षिक ५ करोडको हिसाब जनताले माग्नुपर्ने पनि भुसालले बताइन । जिल्ला बासी नागरिकले बिकासको वास्तविक महशुश गर्ने गरि काम गर्नुपर्ने आवस्यकता रहेको पनि उम्मेद्बार भुसालको भनाइ छ ।
महिला हरुको उचित क्षमता बिकास र हक अधिकारको लागि आफु केन्द्रमा निरन्तर लडेको स्मरण गर्दै पुष्पा भुसालले अर्घाखाँचीबासिले यसपाली महिला उम्मेद्बार पाउनु गर्वको बिषय भएको पनि बताइन ।
प्रतिक्रिया