सुदूर र कर्णाली प्रदेशमा भूकम्पको शक्तिशाली झड्का

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश असपासमा ठुलो भूकम्पको धक्का मशसुश भएको छ ।

 

बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्पको धक्का महसुश गरिएको हो । भूकम्पको धक्का कैलाली आसपासका जिल्लामा समेत महसुश गरिएको पनि आधिकारीक बिवरण आएको छैन । भूकम्प गएपछि सो क्षेत्रका सर्वसाधारण केहीबेर घरबाहिर निस्केका थिए ।

 

झण्डै  १० सेकेण्डसम्म हल्लाएको सर्वसाधारणले प्रतिक्रिया जनाएका छन् । भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत महसुश  भएको जनाएको छ । ​

 

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव  १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।

 

अपडेटः

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधवार बिहान २ बजेर १२ मिनेटको समयमा खप्तड राष्ट्रिय निकुञ्ज लाइ केन्द्र बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार