थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टी, १५ जना निको

२०७९ कार्तिक २२, मंगलबार

 

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १५ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ६६ हजार १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ५७२ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार