
२०७९ कार्तिक २२, मंगलबार
यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ५० हजार २६३ र मृतकको संख्या ५५ पुगेको छ ।
अक्टोबरयाता देशभर डेंगी संक्रमितको संख्या ओरालो लागेको महाशाखाको तथ्यांकले देखाउँछ । सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको छ । नोभेम्बरको पहिलो साता ३ हजार ४९५ जना संक्रमित थपिएको महाशाखाको तथ्यांक छ ।
काठमाडौं उपत्यकामा भने अब डेंगी संक्रमण नबढ्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । काठमाडौं उपत्यकामा तापक्रम घटेर चिसो बढ्दै गए पनि तराईका जिल्लामा भने लामुखट्टेका लागि अहिले अनुकूल तापक्रम हुने भएकाले ती जिल्लामा संक्रमण अझै केही साता रहने डा. बास्तोलाको भनाइ छ ।
२० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहँदासम्म एडिस लामखुट्टेका लागि बाँच्न र वृद्धि विकास हुन तापक्रम अनुकूल रहने उनको भनाइ छ ।
प्रतिक्रिया