डोटी भूकम्प अपडेट: उद्धार र राहतमा नेपाली सेना

डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भोलाप्रसाद भट्टले जानकारी दिएका छन ।

४५ वर्षीय प्रमे बोहरा, उनकी १२ वर्षीय छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी स्थानीय महावीर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ । उनीहरू ५ जनाकै शव निकालिएको छ । सोही वडाका अन्य पाँच जना घाइते भएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ ।

 

घाइतेलाई नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्य र टेन्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

 

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षति भएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिकामा आठ घर पूर्णरूपमा भत्किएर क्षति पुगेको बताइएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार