भुटेको गेडागुडी, सखरखण्ड र पिडालुको कला प्रदर्शन गर्ने चाड सकिमिला पुन्हिको अवसरमा जगत सुन्दर ब्वनेकुथी लखुतिर्थले विद्यालय प्रागणमा नेवाः संस्कार र संस्कृति प्रदर्शन गरिएको छ ।
उक्त प्रर्दशनीकाे उद्घाटन ‘जगत सुन्दर ब्वनेकथी’ (विद्यालय) का संस्थापक प्रधानाध्यापक रत्नदेवी कसाःले गर्नुभयो । नेवाः जातिको जन्मदेखि मृत्यु संस्कारमा प्रयोग हुने भेषभुषा, गरगहना, खाद्यान्न, पुजा सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
त्यसैगरी, नेवाः जातिको १२ महिनामा हुने चाड पर्व र चाडपर्वमा खाइने खाद्यान्न र गरिने मनोरञ्जनका साथै पर्वअनुसार गरिने पुजा सामग्रीबारे पनि प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीले विद्यार्थीलाई नेपालभाषाको ‘येँ देय् म्हसिका’ विषयलाई अध्ययन गर्न अझ सहज हुने ब्वनेकुथीका प्रधानाध्यापक सुनिता मानन्धरले बताउनुभयो ।
उपत्यकाका विभिन्न विद्यालयका हजारौं विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेको थियो । गोरखापत्र
प्रतिक्रिया