सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ । म‌ंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 

म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

साेमबारकाे तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार