कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको सोमबार राति एक बजे निधन भएको छ ।आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उम्मेदवार बन्नु भएकि शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो ।
हृदयघातका कारण सोमबार राती १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो ।उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताउनु भयो ।
निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढने उहाले बताउनु भयो । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुनुहुन्छ ।यसभन्दा अगाडी कपिलवस्तुमा बुद्धभूमि नगरपालिका वडा नं ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो । एमाले उम्मेद्वार तिवारीको विरामीको कारण उपचारको क्रममा निधन भएको हो ।
प्रतिक्रिया