बारामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधबार साँझ पचरौतामा चालकको मृत्यु भएको छ ।

 

खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् ।

 

पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार