मलावीमा हैजाले २०० जनाको मृत्यु

हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ ।

 

देशको सबैभन्दा खराब प्रकोप मध्ये एकको संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

 

गरीब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको  रेकर्ड गरेको छ, जुन राष्ट्रसंघका अनुसार १० वर्षमा राष्ट्रलाई प्रभावित गर्ने  सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

 

स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ ।  अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार