
इमरान खान कपिलवस्तु
२७ बैशाख । अहिले स्थानीय निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु नगरपालिका मेयर पदका उम्मेदवार सुदिप पौडेलको लोकप्रियता बढ्दै गएको छ । युवा नेता सुदिप पौडेललाई एमाले ले टिकट नदिएपछि उहाँले जनता सामाजवादी पार्टी नेपालबाट चुनाव चिन्ह छाता बाट उम्मेदवारी दिएर जनता समक्ष आउदा कपिलवस्तु जिल्लामा हलचल मच्चिएको छ । कपिलवस्तु नगरपालिकाका युवा देखि लिएर सम्पुर्ण कपिलवस्तु नगरपालिकाबासी युवा नेता सुदिप पौडेललाई सहयोग गरिरहेका छन । अहिले को चहाना युवा हुन त्यहि भएर कपिलवस्तु नगरपालिका मात्र नभइ कपिलवस्तु जिल्लाकै विकास को बाटोको रुपमा मेयर पदका उम्मेदवार सुदिप पौडेलको साथमा रहेको स्थानीय बासीहरुले बताए । कपिलवस्तु नगरपालिकामा पार्टी नहेरी ब्यक्ति हेरेर सुदिप पौडेललाई विभिन्न पार्टीका कार्यकर्ताहरुले सहयोग गरिरहेको स्थानीय नेताहरुको भनाई रहेको छ । कपिलवस्तु जिल्लामा अहिले चर्चित नेताको रूपमा युवा नेता सुदिप पौडेल रहेका छन ।
प्रतिक्रिया