कैलाली
कैलालीमा नेकपा विप्लव नेतृत्वको नेकपा सहित विभिन्न पार्टीका नेता कार्यकर्ता धर्मेन्द्र बास्तोलाको नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । उनीहरुलाई बहुमतका सेती महाकाली व्युरो ईन्चार्ज महानले अबिर लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा पार्टी कैलाली जिल्ला ईन्चार्ज शेर बहादुर देउवा, जिल्ला संयोजक प्रकाश रावल, रुपेश र रमेश साउद लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।
बहुमत प्रवेश गर्नेमा शारदा अधिकारी – नेकपा (विप्लव) कैलाली जिल्ला सदस्य, कटक थापा – नेकपा (विप्लव) कैलाली जिल्ला सदस्य ,पान्सरा विक – नेकपा (विप्लव),राज ब.बिष्ट – नेकपा (एकीकृत समाजवादी) युवा संगठनको लम्की ईन्चार्ज तथा एसको जिल्ला सचिवालय सदस्य, रंग बटाला – नेकपा (समाजवादी केन्द्र) जिल्ला सचिवालय सदस्य,चक्र विस्ट – नेकपा (एस) को नगर कमिटी सचिवालय सदस्य,पद्यमा शाही – राप्रपा नगर कमिटी सदस्य,डिल्ली बटाला – नेपाली काँग्रेस,पुरन कठायत – नेपाली काँग्रेस,जोगी नेपाली – नेकपा (माओवादी केन्द्र),कल्पना नेपाली – नेकपा (माओवादी केन्द्र) , नन्दु नेपाली नेकपा (एमाले),प्रेम देउवा, धन बहादुर विक, मिन बहादुर देउवा, गोरख विक,लक्ष्मण विक, अनिल विक, मिन बहादुर देउवा, रमेश देउवा लगायतका छन् ।
प्रतिक्रिया