प्रदेश सभाका स्वतन्त्र उम्मेदवार डेढ लाख रुपैयाँसहित पक्राउ

जनकपुरधामः प्रदेश सभाका स्वतन्त्र उम्मेदवार डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन्। महोत्तरीको क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन डेढ लाख नगदसहित पक्राउ परेका छन्। उनी चढेको गाडीमा डेढ लाख नगद फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

महोत्तरी बर्दिवास नगरपालिका ११ खयरमारा स्थित पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ।

 

उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। बा १४ च ८८७४ नम्बरको स्कार्पियोमा अन्य व्यक्तिहरूलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार