नेपाल टी-ट्वान्टी लिगको खेल तालिका शुक्रवार सार्वजनिक

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

 

क्यानले पहिलो संस्करण अन्तर्गत लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

 

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण आगामी मङ्सिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ ।

 

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने साथै, डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

 

लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

 

लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुनेछ । प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार