पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा १४ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ जना पुगेको छ । त्यस्तै, नेपालमा हाल ४२० जना सक्रिय सङ्क्रमित छन् ।
प्रतिक्रिया