पुर्वी नवलपरासीको एक मतदान केन्द्रकाे मत पेटिकामा आगलागी 

 

सुरेश यादव,नवलपरासी/मंसिर ४

 

पुर्बी नवलपरासीको देबचुली नगरपालिका ४ झाक्रे स्थित शान्ती सिर्जना आधारभुत बिधालयमा रहेको मतदान केन्द्रको मत पेटिकामा आगजनि भएको छ ।

 

मतदान गर्न जाने ब्यक्तिले प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड छर्किएर आगो लगाएको हो । आगो लगाउने स्थानीय नारायण भन्डारी लाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे ले बताए । अहिले मतदान प्रकिया रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार