बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेता अयडीको मृत्यु

बाजुरामा कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका नेताको हत्या गरेका छन्।

 

त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो। निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर मन्दिप पाठकले जानकारी दिए। त्रिबेणी-७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यक्रताहरुले चेतनको घरमै गएर कुटपिट गरेर हत्या गरेका हुन्।

 

उनी घरभित्र रहेको समय घरबाट निकालेर निर्घात कुटपिट गरेका थिए । कुटपीटपछि घाइते अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै अयडीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।

 

डाक्टर पाठकका अनुसार अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । अयडीको शब अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको छ । त्रिबेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो ।

 

सुरक्षाकर्मीको गोलि लागेर स्थानीय सञ्जिब अयडीको मृत्यु भएको थियो। सञ्जिब अयडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका हुन् । अन्नपुर्ण

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार