
सप्तरीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा जनमत पार्टीका उम्मेदवार महेश प्रसाद यादव १३ हजार ३२५ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन्।
यसअघि सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क मा पनि जनमत पार्टीकै सतिस कुमार सिंह विजयी भएका थिए ।
प्रतिक्रिया