
नयाँदिल्ली
भारतमा अत्यधिक गर्मीका कारण तिर्खाएका चराहरु आकाशबाट खस्न थालेका छन ।ब्रिटिश समाचार एजेन्सीका अनुसार भारतका विभिन्न भाग मा तीव्र गर्मीको छालको चपेटामा परेका छन ।दर्जनौं चराहरुको उद्धार भइरहेको उद्धारकर्मीहरुले बताएका छन । चर्को गर्मीले प्रभावित हुने चराहरूमा परेवा, चील र सुता पर्छन। गर्मीले पानीका स्रोत सुक्दै गएकाले मानिस मात्र नभई पशुपन्छीलाई समेत जोखिममा पार्दै चराचुरुङ्गीका लागि खुला ठाउँमा पानी जम्मा गर्न प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।
प्रतिक्रिया