फिफा विश्वकपः डेनमार्क र ट्युनिसियाले अंक बाँडे

डेनमार्क कतार विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग समुह डी मा गोलरहित बराबरीमा रोकिएको छ ।

 

मंगलबार राति भएको खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो । भारले दुबै गोललाई मान्यता दिएन ।

 

जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो । मंगलबार सम्पन्न समूह सी को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार