कटुवा पेस्तोलसहित २ जना पक्राउ

ललितपुर महानगरपालिका-२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।

 

प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा.७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो ।

 

प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार