क्लबविहिन रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फुटबल एसोसिएसनले दुई खेलमा प्रतिबन्ध लगाएको छ ।

 

अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

 

मंगलबार मात्रै युनाइटेडसँग आपसी सम्झदारी सम्झौता तोडेपछि रोनाल्डो अहिले क्लबविहिन छन् । हाल विश्वकप फुटबल खेल्नका लागि रोनाल्डो पोर्चुगिज टिमसँग कतारमा छन् र बिहीबार पोर्चुगलले पहिलो खेल घाना विरुद्ध खेल्दैछ ।

 

हाल रोनाल्डो क्लबविहिन छन् । अब रोनाल्डो जाने नयाँ क्लबमा उनको प्रतिबन्ध लागु हुनेछ । तर महादेशीय स्तरको क्लब प्रतियोगिता च्याम्पियन लिगहरुमा भने प्रतिबन्ध लागु हुने छैन ।

 

गत अगस्टमै पुलिसले रोनाल्डोलाई यस विषयमा सचेत गराइसकेको थियो भने रोनाल्डोले पनि उक्त समर्थकसँग माफी मागिसकेका थिए । एजेन्सी

 

 

 

प्रतिक्रिया