
क्रिस्टियानो रोनाल्डोले पाँच फरक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानालाई ३-२ गोलको नतिजमा पराजित गरेको छ।
कतारको दोहास्थित 974 रंगशालामा भएको समूह ‘एच’को दोस्रो खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोसँगै राफाएल लियो र जुवाओ फेलिक्सले पनि एक-एक गोल गरे।
घानाका लागि एन्ड्रे आयू र ओस्मान बुकारीले एक-एक गोल फर्काएका थिए।
प्रतिक्रिया