डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

 

अल्जेरियाको एक अदालतले हत्या अरोपमा दोषी ठहरिएका ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

 

उनीहरूमाथि गत वर्ष फैलिएको भयानक वन डढेलो सुरु गरेको आशंकामा एकजनाको हत्या गरेको अभियोग लागेको थियो ।तर, अल्जेरियामा मृत्युदण्ड दिने कार्य अहिले रोक्का गरिएकाले उनीहरूको सजाय घटाएर आजीवन कारवासमा परिणत हुने बलियो सम्भावना रहेको छ ।

 

अल्जेरियाको इतिहासमै सबैभन्दा भयानक डढेलको कारण सन् २०२१ मा ९० जना मानिसले ज्यान गुमाएका थिए । वास्तवमा सामूहिक आक्रमणमा मारिने जामेल बेन इस्माइल नामक ती युवक आगलागीबाट अरूलाई जोगाउन जंगलमा गएका थिए ।

 

गत वर्षको अगस्टमा जंगलमा आगो फैलिएपछि ३८ वर्षीय जमालले काविली क्षेत्रको आगो निभाउने कार्यमा अरूलाई सहयोग गर्न आफूले घरदेखि ३२० किलोमिटर लामो यात्रा सुरु गर्न लागेको ट्विट गरेका थिए । सो क्षेत्र राजधानी अल्जियर्सदेखि पूर्वमा पर्छ ।

 

तर, दुर्भाग्यवश घटनास्थलमा पुगेका उनलाई स्थानीय व्यक्तिहरूले आगो सल्काएको आरोप लगाएका थिए । उनीहरूले अन्य शारीरिक यातना दिइसकेपछि उनलाई जिउँदै जलाएका थिए । बीबीसीबाट ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार