जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार मनोजको अग्रता !

 

जनकपुरधाम,

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमख पदका बागी उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् ।

जनकपुरधाम–१ को ताजा मतपरिणाम अनुसार ७८० मत गन्दा मनोजले शुरुवाती अग्रता लिएका हुन् ।

साहले २५९ मत प्राप्त गर्दा नेकपा एमालेका शिवशंकर साह हीराले १०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१, लोसपाका मनोज कुमार चौधरीले ४७, सत्तारुढ गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साहले ३६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ३२ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका किशोरी साहले ३००, नेकपा एमालेकी रूणा झाले १३५ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५० मत ल्याएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार