ब्राजिलका समर्थकका लागि दुःखको खबर हुनसक्छ। उसको स्टार खेलाडी नेइमारले सर्बियाविरूद्ध पहिलो खेलमा गोलीगाठोमा चोट बोकेका छन्। चोटका कारण उनी ब्राजिलको बाँकी खेलमा उपलब्ध हुने–नहुने निश्चित छैन।
सर्बियाविरूद्ध २–० ले विजयी खेलमा चोट बोकेका नेइमार ८० मिनेटमा मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा आन्टोनीलाई प्रवेश गराइएको थियो।
ब्राजिली टिमका चिकित्सकले नेइमारको गोलीगाठोमा गम्भीर चोट लागेको पुष्टि गरेका छन्। उनले चोटका कारण नेइमारको गोलीकाठो सुन्निएको पनि बताए। टिम व्यवस्थापकले उनको चोटलाई लिएर शनिबारसम्म आफ्नो धारणा सार्वजनिक गर्नेछ।
बिहीबार रातीको खेलमा चोट बोकेर बेञ्चमा उपचार गर्दा उनको आँखाबाट आशु निस्किएको थियो।
नेइमारलाई खेलको दौरान चोट लागेको यो पहिलो घटना होइन। यसअघि सन् २०१४ मा उनको ढाडमा चोट लागेको थियो। २०१८ मा उनले खुट्टामा चोट बोकेका थिए।
३० वर्षीय पेरिस सेन्ट जर्मेनका प्लेमेकरले खेल सकिएपछि गाडी चढ्नेबेला सुरक्षित जुत्ता वा केहीको सहारा नलिएका कारण उनी छिट्टै मैदान फर्किनसक्ने आशा गरिएको छ। ‘नेइमारको दायाँ खुट्टाको गोलीगाठोमा चोट लागेको छ,’ चिकित्सक रोड्रिग्यो लास्मारले भने, ‘उनको उपचार सुरु भइसकेको छ।’ एजेन्सी
प्रतिक्रिया