नवलपरासी २ मा राप्रापाका प्रधान बिजयी 

 

सुरेश यादव,नवलपरासी

 

पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा रास्ट्रीय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष धुर्ब बहादुर प्रधान निर्बाचित भएका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब गृह राज्य मन्त्री देबेन्द्र राज कन्डेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान बिजयी भएका हुन।

प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कन्डेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन। नेपका एमालेका दिपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन ।

 

नेपाल प्रहरी को प्रमुख बाट अबकास भएपछि राजनितिमा सक्रिय प्रधान तिन पटकको प्रयासमा सफल भएका हुन् । क्षेत्र नम्बर २ को १ मा स्वतन्त्र का खड्ग बस्नेत र २ मा नेपाली काङ्ग्रेसका बैजनाथ कलवार प्रदेश सभामा बिजयी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार