
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । गत ३० र ३१ भदौमा सञ्चालन भएको परीक्षाको आज नतिजा प्रकाशित भएको हो ।
परीक्षामा १ लाख २६ हजार ६५३ जना विद्यार्थी सहभागी भएका थिए । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् ।
परीक्षामा प्राप्त भएको कुनै विषयको ग्रेड अथवा अंकमा चित्त नबुझे १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसक्नेछन् ।
प्रतिक्रिया