विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

 

निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रंगशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान १/१ अंक बाँडेका छन् । समूह ‘बी’मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।

 

समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले २/२ वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अंक बनाएको छ ।

 

इरानले इंग्ल्याण्डसँग पराजय व्यहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अंक बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अंक बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अंक मात्र बनाएको छ ।

 

अब मंसिर १४ गते बुधवार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने २ टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।

 

 

प्रतिक्रिया