नेशनल लाइफले १ सय ५० जनालाई

 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागिता रहेको  थियो ।

 

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बिमा ब्यबसाय गर्दै आएकाअभिकर्ताहरुलार्इ अझबढी ब्यवसायिक बनाउन यस्तो तालिम दिएको बताए ।

 

उनीहरुको जिवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसायसमेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप  कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुरपश्चिम प्रदेशबाट  सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढी मा र आज मङ्सिर ९ गते डडेलधुरामा  यो कार्यक्रम आयोजना गरिएको बताए ।

 

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलार्इ   बिमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए । कर्यक्रममा उत्कृष्ट ब्यबसाय गरी डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलार्इ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  सम्मान पत्रबाट सम्मान गरेका थिए ।

 

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार