देश अस्थिरता तर्फ जाने खतरा बढेको छ : एमाले अध्यक्ष ओली

९ मंसिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको मत परिणामले देश अस्थिरता तर्फ जाने खतरा बढेको अभिव्यक्ती दिएका छन ।

 

विजयी भएपछि निर्वाचित भएको प्रमाणपत्र लिन गृह जिल्ला झापा पुगेका अध्यक्ष ओलीले बिहीवार यस्तो अभिव्यक्ति दिएका थिए ।

उनले भने, ‘यो पाँच वर्षका लागि मात्र होइन, देश उकालो लाग्यो भने त्यो सहज हुन्छ। ओरालो लाग्यो भने त्यो थाम्न गाह्रो हुन्छ ।’

 

‘हामीले नेपालमा स्थायीत्व र स्थिरता खोजेका थियौँ, तर अब मिलीजुली सरकार बनाउने कसरततिर दलहरू लाग्नुपर्ने भयो। सुरुदेखि नै मोलतोल र भागबन्डाको खेल हुने भयो ।’

 

ओलीले थप भने, ‘अब सरकार बनाउन गाह्रो, बनाए पछि टिकाउन झन् गाह्रो हुने भयो । मिलीजुली सरकार बनाउने तिर देश गयो । हरेक सांसदको भाउ बढ्यो ।’

 

उनले अब देश अस्थिरता तर्फ जाने खतरा निर्वाचन परिणामले देखाएको दाबी गरे ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार