
विश्वकप फुटबलमा आज आइतबार समूह ई मा जापान र कोस्टारिका भिड्दै छन्। अहमद बिन अलि रंगशलामा हुने खेल जापान र कोस्टारिका दिउँसो पौने ४ बजे आमने-सामने हुनेछन्। यो खेल दुवै राष्ट्रको लागि महत्त्वपूर्ण रहेको छ ।
समूह ईमा जापान ३ अङ्कसहित दोस्रो स्थानमा छ भने अंकविहिन कोस्टारिका पुछारमा छ । ३ अङ्कसहित स्पेन शीर्ष स्थानमा रहेको छ। अङ्कविहिन कोस्टारिका भने पुछारमा छ । एसियाली राष्ट्रहरु मध्ये बलियो टोलीको छवि भएको जापान अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ। कोस्टारिका भने नकआउट चरणमा पुग्ने सम्भावना कायम गर्न चाहन्छ ।
पछिल्लो पटक जापान र कोस्टारिकाबीच ६ मैत्रीपूर्ण खेल भएको छ। जसमध्ये जापानले ४ मा जित निकाल्दा १ खेल भने बराबरीमा सकिएको थियो। यी भिड्न्तमा जापानले १३ गोल गर्न सफल भएको छ । कोस्टारिकाले भने मात्र ३ गोल फर्काएको छ। जापानका प्रशिक्षक हाजिमा मोरियासुले जर्मनीमाथिको जित बिर्सेर कोस्टारिकासँगको खेलमा ध्यानकेन्द्रित गर्न खेलाडीहरुलाई भनेका थिए। बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। फुटबलमा नै ४ पटक विश्वकप जितेको जर्मनीको पराजय आश्चर्यजनक रह्यो।
मोरियासुले पहिलो खेलमा जापानले इतिहास रचे पनि पनि यो समय त्यसलाई स्मरण गर्ने नभएको बताएका थिए। विश्वकपमा सातौंपटक सहभागिता जनाएको जापान चौथोपटक अन्तिम १६ मा पुग्न चाहन्छ । सन् २००२ र २०१० को विश्वकपमा जापानले नवौं स्थान प्राप्त गरेको थियो। विश्वकपमा जापानको उत्कृष्ट प्रदर्शन हो। यद्यपि, कोस्टारिका भने विश्वकपमा यादगार पुनरागमन गर्ने सोचमा रहेको छ। स्पेनमाथि जित निकाल्न सफल भए कोस्टारिकाको नकआउट चरणमा पुग्ने सम्भावना कायम नै रहनेछ ।
जापानमाथिको जित सहज नहुनेमा कोस्टारिकाले पनि बुझेको देखिन्छ। तथापि, कोस्टारिका भने स्पेनसँगको खेलमा भएको गल्तीलाई सच्याएर जापानसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक लुइस सुआरेजको योजना रहेको छ।
समूह ‘ई’ मा जापान र कोस्टारिकासँगै स्पेन र जर्मनी रहेका छन्। एजेन्सी
प्रतिक्रिया