मेक्सिकोको समुन्द्रमा हराएका यात्रुको १५ घण्टापछि जीवितै उद्धार

मेक्सिको खाडीबाट हिँडेको पानीजहाजबाट बेपत्ता भएका एक व्यक्तिलाई १५ घण्टापछि समुन्द्रबाट जीवितै उद्धार गरेको छ।

 

२८ वर्षीय व्यक्ति बुधबार कार्निवल भ्यालोरको बारमा अन्तिम पटक आफ्नी बहिनीसँग देखिएका थिए। त्यसपछि उनी शौचालय गए र फेरि फर्किएनन्।

 

त्यसपछि उद्धार टोलीका सदस्यहरूले उनीहरुको खोजी सुरु गरे पनि फेला पार्न सकेनन्। करिब १५ घण्टापछि बिहीबार साँझ लुइसियानाको तटबाट करिब ३० किलोमिटर टाढा उनलाई फेला पारिएको हो।

 

मेक्सिकोको खाडीमा रहेको क्रुज जहाजबाट हराएका उनलाई १५ घण्टापछि समुद्रबाट उद्धार गरिएको बीबीसीले जनाएको छ। उद्धार गरिएकाको व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ। यूएस कोस्ट गार्ड लेफ्टिनेन्ट सेथ ग्रोसले उद्धार गरिएका मानिस १५ घण्टाभन्दा बढि समय पानीमुनि भएको हुनसक्ने अनुमान गरेका छन्।

 

‘मैले कोही पनि यति लामो पानीमुनि भएको सुनेको छैन,’ उनले भनेका छन्, ‘र यो एक धन्यवाद चमत्कार हो।’ उनले अमेरिकी सञ्चार संस्था सीएनएनसँग आफ्नो १७ वर्षको करियरमा यस्तो घटना नदेखेको बताए। मेक्सिकोको कोटमेल जाँदै गरेको जहाजबाट ती व्यक्ति कसरी पानीमा खसेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

 

२०१८ मा एक ४६ वर्षीया बेलायती महिलालाई एड्रियाटिक सागरबाट गइरहेको क्रुज जहाजबाट १० घण्टापछि उद्धार गरिएको थियो। त्यसपछि उनले निरन्तर योगबाट फाइदा भएको र पानीमा चिसोबाट बच्न राती गीत गाएको बताएकी थिइन्। एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार