सलिना मगर,सर्लाही
जेष्ठ ३:सर्लाहीको लालबन्दीमा करिब दिउसो १२ बजे देखि नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन।
आधारभूत बिधालयको खतिवडा चोकमा अवस्थित बिधालयको मतदान केन्द्रमा मतदान सम्म्पन हुदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भएतापनी मतगणना गर्दा १ हजार ४१८ मतपत्र भेट्टिएको थियो।
एकाएक ९ वटा मत गायब भएपछि एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालि चक्काजाममा उत्रिएका थिए। ( एमाले) कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग यतिबेला ठप्प पारेका छन।
लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराती नै लालबन्दी ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छन। १;( नेकपा माओवादी उम्मेदवार ) शुक्रबहादुर पाख्रिन ४६० मत
२;(नेकपा एमालेका उम्मेदवार )सुवास पाख्रिन ४४४ मत अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै रहेको छ।
लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा ९ मत कम देखिएको स्वीकार गरेका छन् । उनले यसबारेमा निर्वाचन आयोगमा लेखेर पठाउने तयारी गरिरहेको बताउनुभएको छ।
९ मत कम भेटिँदा समेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक गरिसकेको छ । सो, वडामा वडाध्यक्षमा माओवादीले १६ मतले जित निकालेको भएपनि चारै जना वडा सदस्यहरु भने एमालेबाट चयन भएका छन् ।
प्रतिक्रिया