‘जनमत पार्टी’ धनुषा-१ मा बन्यो ठूलो दल

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनबाट धनुषा निर्वाचन क्षेत्र नं.१ मा ‘जनमत पार्टी’ ठूलो पार्टी भएको छ ।

 

साढे चार दलीय सरकारी गठबन्धन र अढाई दलीय एमाले–जसपा गठबन्धन (कांग्रेसको आनन्द ढुँगाना समूह)सँग एक्लै प्रतिस्पर्धा गरेको जनमत पार्टी पहिलोपल्ट सहभागी चुनावमा  प्रतिनिधिसभामा झण्डै २० प्रतिशत मत पाएर ठुलो बनेको हो । यस्तै प्रदेशसभामा पनि अन्य दलभन्दा भन्दा बढी मत पाएर पहिलो पार्टी हुने भएको छ ।

 

गत स्थानीय निर्वाचनमा यस क्षेत्रमा जनमत पार्टीका वडा अध्यक्षहरुले जम्मा ३२ सयभन्दा बढी मत पाएका थिए । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १४ हजार ४ सय ६७ र प्रदेशसभा (क) तर्फ ८ हजार ३ सय ९३ र (ख) तर्फ ९ हजार १ सय ३२ मत पाएको छ ।

 

समानुपातिक तर्फ मतगणना जारी रहेकोले अन्य मधेशबादी दल भन्दा ठुलो हुने अनुमान गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार