
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु !
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतबार देखि रोकिएको मत गणना पुनः सुचारु गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ ।
विजयनगरमा रोकिएको मतगणनाको विषयमा निर्वाचन अधिकृतको कार्यालय,विजयनगर गाउँपालिका कपिलवस्तु को पत्र संख्या ०७८/०७९ को जेष्ठ २ गते पत्राचार गरिएको पत्र प्राप्त भइ व्योहरा अवगत भइ आयोग बाट जेष्ठ ३ गते भएको निर्णय पत्रमा उल्लेख गरिएको छ ।
मंगलवार निर्वाचन अधिकृतको कार्यालय विजयनगरलाई पत्राचार गर्दै निर्वाचन आयोगले गरेको निर्णय कार्यनयन गर्न निर्देशन दिएको हो ।
फरक वडाका मतदान केन्द्रका मतपेटिकामा भएका मतपत्रलाई यकिन गरि छुट्याई छुटा छुट्टै मतपेटिकामा राखि आवश्यकता अनुसार सिलछाप गरी सुरक्षित रुपमा राख्न लगाइ एउटा वडाका सम्बन्धित मतपेटिका मतपत्रहरु यकिन गरि गणना कार्य गर्न निर्वाचन अधिकृत कार्यालय निर्देशन दिने निर्णय रहेको छ ।
मत गणना स्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने पत्रमा भनिएको छ
प्रतिक्रिया