समूह डी बाट फ्रान्ससँगै को बढ्ला अगाडि ?

साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।

 

यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ ।

 

अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ र ट्युनिसिया विरुद्ध जित वा बराबरीले फ्रान्स समूह विजेता बन्नेछ ।

 

अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेमा फ्रान्स पराजित भए पनि समूह विजेता बन्नेछ । यदी फ्रान्स ट्युनिसियासँग पारजित भएमा र अष्ट्रेलियाले डेनमार्कलाई पराजित गरेमा दुवैको समान ६ अंक हुनेछ र गोलअन्तरका आधारमा समूह विजेता निर्धारण हुनेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार