
सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ ।
प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।
सुनसरी क्षेत्र नं –४ प्रदेश (ख) बाट कांग्रेसका उम्मेदवार हाजी मंसुरीले एमाले उम्मेदवार अन्सारीभन्दा दुई हजार १४३ मतले विजय हुनुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया