
इमरान खान /कपिलवस्तु
कपिलवस्तु जिल्लाको यही बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउदै गर्दा सबैको ध्यान नगर प्रमुख पदमा टिकेको देखिन्छ ।
कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल का मेयर पदका उम्मेदवार युवा नेता सुदिप पौडेल र उपमेयर सुनिता गुप्ताको शानदार र एतिहासिक जित भएको छ । मेयर सुदिप पौडेलले एमाले, काग्रेस, माओवादी लगायत अन्य पार्टीलाई पछाडदै ३००० भन्दा बढी मतले विजयी भएका छन । यो जित कपिलवस्तु नगरपालिकाको एतिहासिक जित हो । मेयर सुदिप पौडेल पछिल्लो चुनावमा स्वतंत्र बाट वडा अध्यक्षमा विजयी भै जनता माझ लोकप्रिय बन्न सफल भएका तथा सरल स्वभाव भएका व्यक्तित्व रहेको पौडेल सानो बच्चा देखि लिएर आन्यले आफ्नो समस्या सजिलै राख्न सकिने स्थानीय हरू बताउदै आएका छन । त्यस्तै कपिलवस्तु नगरपालिका वडा नं. १ मा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्ष जाहिद खाँ सहित पुरै पैनल विजयी भएका छन ।
प्रतिक्रिया