
चन्दन कुमार महतो,रौतहट।
रौतहट जिल्लाको मध्यभाग गरुडामा अवस्थित एनपी स्टार होटलको सभा हलमा हेल्वेटास र माण्डवी संस्थाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गौर रौतहट, स्थानीय तह: गरुडा नगरपालिका,गौर नगरपालिका,चन्द्रपुर नगरपालिका ,दुर्गा भगवती गाउँपालिकाको सहयोगमा सुरक्षित आप्रवासन (सामी) ,वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्यूनीकरण गर्नका लागि पत्रकारहरुसंग एकदिने अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक अरविन्द कुमार चौधरीले वैदेशिक रोजगारमा गएको ५८ लाखको २७ प्रतिशत मधेस प्रदेशबाट विदेशिएको जानकारी गराएका छन् । मधेस प्रदेशमा रहेका आठ वटा जिल्ला मध्ये धनुषाबाट सबैभन्दा बढी विदेशिएको तथ्यांकले बताएका छन् भने सबभन्दा कम पर्सा जिल्लाबाट युवाहरु विदेशिएका छन् ।
चौधरीले विना श्रम सम्झौता विदेशिएका युवाहरु अलपत्र तथा ठगी धन्दामा पर्ने गरेको बताएका छन् । त्यस्तै; ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी निरीक्षक राम राजा केसरीले विभिन्न प्रकारका हिंसामा परेको पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्ने हाम्रो दायित्व रहेको बताएका छन्। शारीरिक,मानसिक,आर्थिक,यौनजन्य तथा अन्य प्रकारका हिंसाबाट नेपालमा पनि धेरै महिलाहरु पीडित हुने गरेका छन् र त्यो पीडितहरुलाई संरक्षण गरी न्याय प्रदान गर्नु हाम्रो दायित्व रहेको प्रहरी निरीक्षक केसरीले बताउनुभयो। केसरीका अनुसार लैङ्गकि हिंसामा पुरुष,महिला,अपांग,तेस्रो लिङ्गी लगायतका वर्ग पर्छन् भने महिला हिंसामा महिला मात्रै पीडित हुने गर्छिन् ।
रौतहटको गरुडा बजार स्थित हेल्वेटास र माणडवी संस्थाद्वारा आयोजना गरिएको वैदेशिक रोजगारका कारण हुने लैङ्गकि हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसँग अन्तक्रिर्या कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्र.नि. केसरीले हिंसा विरुद्ध लागु भएको नेपालका विधामान कानुनबारे जानकारी गराउनु भएको थियो।
केसरीले महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसाहरूमध्ये घरेलु हिंसा एक प्रमुख हिंसा रहेको बताउनुभयो । साथै , उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत जिल्ला भरिकै सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया