
बिरेन्द्र गिरी तनहुँ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनुभएको छ । देवघाट गाँउपालिकाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताउनुभएको हो । आफुले पटक–पटक त्याग गरेकोले यसपटक आफु नै देशको प्रधानमन्त्री बन्नुपर्ने पौडेलले बताउनुभयो । साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको विश्वास अनुरुप कार्य गर्ने जनाउनुभयो । नेता पौडेलले देवघाटको समुचित विकासका लागि आफु लागिपर्ने बताउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गदैं तनहुँ क्षेत्र नं. १ ख का प्रदेश सांसद हरिबहादुर चुमानले आफुले गर्भहुन लायक कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । सांसद चुमानले देवघाटमा दासढुंगाको पुल बनेपछि आफ्नो नेतृत्वमा देवघाट ५ मा कालोपत्रे सडक बनेको बताउनुभयो ।
प्रतिक्रिया